काम दिन्छु भनि बोलाएर यौनधन्दामा : ३ को उद्धार, होटल सञ्चालकसहित ३ पक्राउ  

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका(७ बाट यौन क्रियाकलापमा लगाइएका दुई नाबालिकासँगै तीनजनाको उद्धार गरिएको छ। ​बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेटअगाडि सञ्चालित ‘न्यू फेमिली होटल एण्ड लज’बाट उनीहरुको उद्धार गरिएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार उद्धार गरिएका महिलालाई संरक्षण केन्द्रमा राखिएको छ। उद्धार गरिएका दुई नाबालिका १५ वर्षका छन् भने एक महिला ३० वर्षकी छन्। 

रोजगारी लगाइदिने भन्दै उनीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराइएको आरोपमा प्रहरीले होटल सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ। होटल सञ्चालक अप्सरा ढकाल र समन्वयकर्ता कुमारी गुरुङलाई पक्राउ गरिएको जानकारी उनले दिए। अर्का एकजना फरार रहेको प्रहरीले जनाएको छ।

ढकाललाई चितवन जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। पक्राउ परेकालाई मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता गरिएको प्रनाउ रिजालले बताए।