अत्याधिक गर्मी बढेपछि जनकपुरमा पाँच दिनका लागि विद्यालय बन्द

काठमाडौँ । गर्मी बढेपछि जनकपुरधाम उपमहानगरपालिकामा आजदेखि पाँच दिनसम्म विद्यालय बन्द भएको छ ।

अत्यधिक गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरूमा बिदा दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

बर्खे बिदाबाट कट्टा हुने गरी सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द रहने उपमहानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत उपसचिव मेहिलाल यादवले जारी गरेको सूचनामा उल्लेख छ ।

अत्यधिक गर्मी बढेसँगै तराईका अरू विद्यालयहरूमा पनि बिदा दिइएको छ ।