सिरोहियालाई नागरिकता दिने तत्कालीन सीडीओ र शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

 काठमाडौँ - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ ।

नागरिकता गडबडी प्रकरणमा ९ दिनको हिरासत बसेपछि सिरोहिया हाजिरी जमानीमा मुक्त भएका छन् । त्यसलगत्तै उनलाई नागरिकता दिनेहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो । धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताएका छन् । 

भनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रञ्जन अवाले पनि यस विषयमा आफूहरूले बोल्न नमिल्ने बताएका छन् । २०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।