इलाम-२ मा एमालेका सुहाङ नेम्वाङ विजयी

 इलाम - इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भ्रएका छन् । 
उनले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतको अन्तरले पराजित गरेका हुन् । 

विजयी भएका सुहाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्दा खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।