नेपाल आयरल्यान्डसँग आयरल्यान्डसँग ४० रनले पराजित, तेस्रो खेल मंगलबार हुने

काठमाण्डौँ - नेपाल दोस्रो खेलमा पनि आयरल्यान्ड वुल्भ्ससँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल आयरल्यान्डसँग ४० रनले पराजित भएको हो । पहिलो खेलमा शुक्रबार २१ रनले पराजित भएको थियो ।

आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १७.५ ओभरमा १८४ रनमा समेटिएको हो । प्रारम्भिक ब्याटर लोकश बम र देव खनालले राम्रो शुरुआत दिए पनि नेपालले निरन्तरता पाउन सकेन ।

खनालले २५ बलमा ४७ रन प्रहार गरे। त्यस्तै, बमले १३ बलमा २५ रन बनाए। त्यस्तै, नेपालका लागि वसिर अहमदले २७, विनोद भण्डारीले २६, आरिफ शेखले १४ र पवन सर्राफले १० रन बनाए ।

आयरल्यान्डका लागि बेन ह्वाइटले तीन, फिन ह्यान्ड र थोमस मेयसले दुई(दुई तथा म्याथ्यु फोस्टर र ग्यारेथ डेलानीले एक(एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको आयरल्यान्डले ६ विकेटको क्षतिमा २२४ रन बनाएको थियो। आयरल्यान्डका लागि पेटर मूर र नेइल रकले विस्फोटक अर्धशतक बनाए।

मूरले २६ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६५ रन जोडे। कप्तान रकले ३४ बलमा एक चौका र सात छक्काको मद्दतले ७१ रन बनाए।
त्यस्तै, जेम्स म्याकुलमले २६, फिन ह्यान्डले १९, रोस अदइरले १७ र गेराथ डेलानीले १० रन बनाए।
नेपालका लागि सागर ढलाकले तीन, कमल ऐरी र पवन सर्राफले एकएक विकेट लिए।
आयरल्यान्ड वुल्भ्स र नेपालको ‘ए’ टोलीबीच टी२० प्रतियोगिता चलिरहेको छ । टी२० शृङ्खलाको तेस्रो खेल मंगलबार हुनेछ ।