नेपाल इन्भेष्टमेण्ट बैकको एटिएम मेशिन फोड्ने एकजना पक्राउ

काठमाडौँ । एटिएम मेशिन फोड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले नेपाल इन्भेष्टमेण्ट बैकको एटिएम फोडदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की जिल्ला माछापुछ्रे गाउँपालिका– ९ स्थायी घर भइ पोखरा महानगरपलिका– १७ बिरौटा बस्ने राजकुमार पौडेल रहेका छन ।

पौडेलले पैसा चोर्ने उद्देश्यले कास्की जिल्ला जिरो किलोमिटरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकको एटिएम फोडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मिहन कुमार थापाले बताए ।

पक्राउ परेका पौडेललाई चोरी मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कर्यालय कास्कीले जनाएको छ ।