आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ छलफलको एजेण्डा !

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछन् । बैठक बिहान ११ बजे बस्ने जनाइएको छ ।

बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।  जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

त्यस्तै बिहान ११ बजे नै बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय निकुञ्ज, आरक्ष संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्रको विद्यमान अवस्था, समस्या र समाधानका उपायका बारेमा छलफल हुने बताइएको छ ।