पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

एजेन्सी ।  पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई ‘साइफर मुद्दा’मा १० वर्षको जेल सजाय सुनाएको छ।

मंगलबार   विशेष अदालतले राज्यको गोप्य विषय चुहावट गरेको मुद्दामा खान र कुरैशीलाई जेल सजाय सुनाइएको हो । इमरान खानलाई यस्तो बेलमा सजाय सुनाइएको हो जबकी पाकिस्तानमा आगामी  फागुन ८ गते आम निर्वाचन हुँदैछ ।

सिफर प्रकरणमा खानमाथि कूटनीतिक कागजात रहेको आरोप छ । खानले यी कागजातहरू फिर्ता नगरेको आरोपपत्रमा भनिएको छ ।