जाडोमा कसरी आफ्नो छालाको केयर गर्ने ?

काठमाडौं। चिसो मौसम छालाको खासै अनुकुल मानिदैन। चिसो वातवरण र सुख्खा हावाले गर्दा छालाको नरमपन हरेक दिन र सेकेण्ड खोसिने गर्छ। यस अवस्थामा तुरुन्तै हेरविचार नगरे सुख्खा छाला फुट्न, रगत निस्किन सक्ने र छालालाई अझै खराब बनाउँछ। गर्मी मौसममा पनि छालालाई केयर चाहिन्छ तर चिसो मौसममा यसको अझै बढी आवश्यक पर्न जान्छ।

जाडोको मौसममा आफ्नो छालालाई नरम र आकर्षक राख्न् अपनाउनुस् यी टिप्सहरुः

मनतातो पानीको प्रयोग गर्नुहोस्

– जाडोमा तातो पानीमा नुहाउँदा आनन्द आउँछ तर जब तपाईं आफ्नो अनुहार र हात खुट्टा धुनुहुन्छ तपाईं मनतातो पानीको प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको छालामा भएको चिल्लोपन कम मात्रामा बाहिर निस्कन्छ जसले गर्दा तपाईंको छाला मोस्टराईज भईरहन्छ।

हरेक पटक मुख धाेएपछी मोस्टराईजरको प्रयोग गर्नुहोस्

– तपाईंले आफ्नो छालालाई अझ राम्रो राख्नको लागि हरेक पटक अनुहार, हातखुट्टा सफा गर्दा मोस्टराईजरको प्रयोग गर्नुहोस्। मोस्टराईजरलाई सधैं आफ्नो बाथरुममा राख्नुहोस् र हरेक पटक छाला सफा गरिसकेपछी त्यसको प्रयोग गर्नुहोस्।

मोस्टराईजर छान्दा ख्याल गर्नुहाेस्

छालालाई नरमपन कायम राख्न- जाडोमा छालाको हेरचाह अत्यन्त जरुरी हुन्छ । कुनै कुनै मोस्टराइजर पेट्रोलियम आधारित सामाग्रीद्धारा बनाईएको हुन्छ जसले तपाईंको छालालाई जाडो मौसममा अझै सुख्खा बनाउन सक्छ। त्यसैले जाडो महिनामा ओयल बेस्ड मोइस्चराइजर प्रयोग गर्नु उचित हुन्छ । किनभने यसले छालामा सुरक्षात्मक सतह बनाउँछ ।

हाम्रो छालालाई क्रिम र लोसनलेभन्दा बढी नरम ओयलले बनाउँछ । ओयलमा पनि बदामको ओयललाई सबैभन्दा राम्रो मानिन्छ । कारण ओयलले छालाको रोम छिद्रलाई खुल्ला पार्न मद्दत गर्छ । साथै, छालालाई सुन्दर तथा जीवन्त राख्न मद्दत गर्छ त्यसैले मोस्टराईजर किन्नु भन्दा अगाडि राम्रोसँग बुझेर मात्र किन्नु होला।

पन्जा र स्कार्फको प्रयोग

पन्जा र स्कार्फहरू चिसो हावाहरू, वर्षा र बर्फबाट छालाको सुरक्षा गर्न प्रयोग गर्नुहोस्। गर्मीयामका लागि हाम्रो छालालाई सन्सक्रीमको अतिनै आवश्यकता पर्छ भने त्यत्ति नै जाडोयाममा पनि आवश्यक हुन्छ । जाडोको घामको किरण पनि गर्मीको घामको किरण जस्तो हानिकारक हुनसक्छ, त्यसैले घरबाट निस्कनुअघि आफ्नो छालामा उचित सन्सक्रीम लगाउनुपर्छ ।

प्रशस्त पानी पिउने

जाडो मौसममा हामी एकदम कम मात्रामा पिउने गर्छौ। पानी पिउनको साटो हामी कफी, चिया र अन्य तातो झोल पदार्थ पिउने गर्छौ तर यो कुरा  नबिर्सनुहोस् कि तपाईंको छालालाई भित्रमात्र नभएर बाहिरबाट पनि हाइड्रेशनको आवश्यक हुन्छ। पानीको कमीले आँखाको घेरामा कालो आउनु, ओठ सुख्खा हुनु, हात खुट्टाको छाला सुख्खा र कालो हुने हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउनुपर्छ, जसबाट छालालाई स्वास्थ्य र मुलायम राख्न सकिन्छ ।

कागतीसँग मनतातो पानीको प्रयोगले तपाईलाई धेरै ताजा र छालालाई सुख्खापनबाट बच्न मद्त पुर्याउँछ।

हातखुट्टाको केयरमा बढी ध्यान दिने

हात, खुट्टा र घुँडाहरूले शरीरमा अन्य क्षेत्रहरूको तुलनामा छिटो मुलायमता गुमाउँछन्। त्यसैले, राती सुत्न भन्दा अगाडी शरीरका यी भागमा मोस्टराईजर प्रयोग गरी त्यसको मुलायमपनलाई पन्जा र मोजा प्रयोग गरी बचाउनु होला।