तनहुँ बस दुर्घटना : घाइते दुई जनाको मृत्यु

दमौली -  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका ९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा ३४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये धनकुटा सागुरीगढी गाउँपालिका ८ का २८ वर्षीय विक्रम राई, ताप्लेजजुङ याङ्बरक ६ का २६ वर्षीय सचिन्द्र लिम्बु, धनकुटा सागुरी गाउँपालिका–७ का  ४२ वर्षीय रामप्रसाद राई, सोही ठाउँका २८ वर्षीय बोगिन्द्र राई र ४५ वर्षीय टीकाराज राईको दमौली अस्पतालमा उपचार भइरहेको छ ।