भूकम्प प्रभावितको सहायता कोषमा करिब १९ करोड जम्मा, पिडित भने त्रिपालमुनि !

 काठमाडौँ - प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा करिब १९ करोड जम्मा भएको छ । जाजरकोटललाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि राहतस्वरुप विभिन्न संघसंस्था र व्यक्तिहरूले सरकारको विपद् कोषमा उक्त रकम जम्मा गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार कात्तिक १८ गतेदेखि हालसम्म ७४ जनाले १८ करोड ९१ लाख ९६ हजार १८२ रुपैयाँ जम्मा भएको छ ।

सरकारले यसअघि एक अर्ब ४१ करोड रुपैयाँ भूकम्प प्रभावित क्षेत्रका लागि पठाएको थियो। जसमा जाजरकोट र पश्चिम रुकुमका लागि ५०(५० करोड, बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड निकासा गरेको थियो ।