कोशी प्रदेशको बजेट पास

 विराटनगर - कोशी प्रदेश सरकारले प्र्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।

बुधबार बसेको कोशी प्रदेशसभाको बैठकमा प्रतिस्थापन विधेयकमाथिको छलफल सकिएपछि ध्वनी मतका आधारमा विधेयक सर्वसम्मत रुपमा पारित भएको हो ।

उक्त विधेयकमाथि आठ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गरेका थिए । मुख्यमन्त्री केदार कार्कीले बजेटले अन्याय गरेको क्षेत्रमा कानुनको सुविधा प्रयोग गरेर सच्याउने प्रतिबद्धता गरेपछि एमालेका तर्फबाट राखिएको प्रस्ताव फिर्ता भएको थियो ।