किताब पढ्ने कि अनलाईन ?

एजेन्सी - पढ्ने बानीले व्यक्तिको तनाव कम गर्नुकासाथै मतिष्कलाई सक्रिय राख्छ र समानुभूतिको स्तरमा पनि सुधार हुन्छ । यसबाहेक, पढने बानीको विकासले नयाँ जानकारीहरूसमेत प्राप्त गर्न सकिन्छ ।

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पढाइले आफू को हो र आफू केमा विश्वास गर्छु भनेर जान्न मद्दत गरेको बताएका थिए । न्यूयोर्कको द न्यू स्कूल फर सोशल रिसर्चका अनुसार किताब पढ्ने व्यक्तिको सिद्धान्तहरू परिवर्तन हुन्छन् ।

तर आजकाल कागजी किताब पढ्नुभन्दा व्यक्तिहरु कम्प्युटर, ट्याब्लेट, मोवाइल जस्ता डिजिटल उपकरणमार्फत अध्ययन गर्नतर्फ अग्रसर भएका छन्। विशेषगरी कोभिड महामारीपछि कागजी किताबको तुलनामा अनलाइनमै पढ्ने बानीमा ठूलो वृद्धि देखिएको छ । यद्यपि, डिजिटल माध्यमबाट पढ्नुका पनि धेरै फाइदाहरू छन् । तर धेरै अनुसन्धानका अनुसार यसका बेफाइदा पनि उल्लेख्य छन् ।

नर्वेको स्टाभान्जर युनिभर्सिटीकी प्रोफेसर र लेखक एनी मङ्गेन भन्छिन्, ‘हामीले स्मार्टफोनमा पढ्न सक्ने धेरै कुराहरू छन् । जसमा छोटो समाचार अपडेट जस्ता कुराहरू समेत पर्छन् । अनुसन्धानले स्क्रिनमा पढ्ने सामग्री भन्दा कागजमा पढ्ने सामग्री सहजै बुझ्न सकिने पत्ता लागेको छ ।’

अमेरिकी गैरसरकारी संस्था ‘सेपियन ल्याब्स’ को हालैको प्रतिवेदन अनुसार बालबालिकालाई सानै उमेरमा स्मार्टफोन दिनुको नकारात्मक असर युवावस्थामा देखिने गरेको छ । हामीले कुन माध्यमबाट पढ्छौं भन्दा पनि हामीले के र कति पढ्छौं भन्ने कुरा महत्त्वपूर्ण छ। किनभने अध्ययनले मानिसको दिमागमा प्रभाव पार्छ। यसले तपाईंको दृश्य तर्क, भाषा तर्क, सोच र भावना तर्कलाई नयाँ तरिकामा जोड्दछ।

अश्विका भट्टाचार्य कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । कक्षामा सधैं प्रथम हुने अश्विकाले किताब पढे पनि उनको झुकाव अनलाईनमा पढ्नतिर लागिरहेको छ । उनका आमाबाबुले उनलाई पढ्नको लागि ट्याब्लेट दिएका भए पनि उनी अब पूर्ण रूपमा पुस्तकहरूमै फर्किन चाहन्छन्। अश्विकाकी आमा भन्छिन्, ‘हामीले ग्याजेटको अत्यधिक प्रयोगले आँखामा धेरै साइडइफेक्ट हुन्छ भनेर बारम्बार पढिरहेका छौं । त्यसैले म छोरीलाई किताबतिर फर्काउन चाहन्छु । ’

ब्रिटिस काउन्सिलको पुस्तकालयकी सदस्य आद्य भन्छिन्, ‘हरेक किताब किनेरै पढ्नुपर्छ भन्ने छैन। तपाईं स्कूल वा नजिकैको पुस्तकालयको सदस्य पनि बन्न सक्नुहुन्छ।’ इन्फोसिस समूहका निर्देशक तथा लेखिका सुधा मूर्तिले पनि बालबालिकालाई किताब पढ्न प्रोत्साहन दिनुपर्ने बताउँछन् ।

उनी भन्छिन्, ‘आज बालबच्चाको ध्यान विचलित गराउने धेरै कुराहरू छन्, जस्तै इलेक्ट्रोनिक ग्याजेटहरू। म चाहन्छु कि बालबालिकाले इलेक्ट्रोनिक ग्याजेटले आँखामा हुने हानिबाट बच्न सकुन्’ । उनका अनुसार कम्तिमा १४ वर्षको उमेरसम्म बालबालिकालाई किताब पढ्न जोड दिनुपर्छ । यस अवधिमा आमाबाबुले छोराछोरीलाई इलेक्ट्रोनिक ग्याजेटहरूबाट पूर्णतया टाढा राख्ने प्रयास गर्नुपर्छ।

पढ्नुका तीन चमत्कारीक फाइदा 

बीबीसीका सहकर्मी डेनियल नाइल्स रोबर्ट्सको रिल ‘ ह्वाट डज रिडिङ ‘अन स्क्रिन डु टु आवर ब्रेन’ मा बेलायती लेखिका क्रेसिडा कोवेल भन्छिन् ‘पढाइले तीनवटा अद्भूत गुणको विकास गराउँछ । रचनात्मकता, ज्ञान र समानुभूति।’

उनी थप्छिन्, ‘ यदि कुनै बालबालिकालाई पढ्न मन लाग्छ भने उनीहरूलाई दुईवटा फाइदा हुन्छ । एउटा त उसको ज्ञानको दायरा बढ्दै जान्छ र दोस्रो, भविष्यमा आर्थिक रूपमा पनि सफल बन्न सक्छ ।’

अन्य फाइदा 
१० दृश्य, भाषा र भावनात्मक तर्क बीच नयाँ सम्बाधहरु बन्छ
२० पढाइले ज्ञान र आर्थिक दायरा बढाउँछ
३० किताब पढ्दा मन शान्त हुन्छ र तनाव कम हुन्छ ।
४० किताब पढ्दा लामो समयसम्म पढेको कुरा याद हुन्छ  ।

किताब किन पढ्ने ? 

आर्टस् तथा ह्युम्यानिटिका एशोसियट निर्देशक डा।एमिलि बुलक र क्रिएटिभ राइटिङका लेक्चरल डा।जोआन रेर्डनसँग बनाइएको बीबीसी रिल ‘अन स्क्रिन डु टु आवर ब्रेन’ मा ब्ल्याक गल्र्स बुक क्लबकी फाउण्डर नताली कार्टर भन्छिन्, ‘हरेक व्यक्तिले किताब पढनु पर्छ । किताबले हाम्रो जीवनको अनुभव दिन्छ। तिनीहरू जानकारीले भरिपूर्ण हुन्छन् र हाम्रो समाजको बारेमा बताउँछन् ।’

नताली भन्छिन्, ‘मलाई लाग्छ भविष्यमा हामी लघुकथाका थप सङ्ग्रहहरू देख्नेछौं, र पुस्तकहरूको साइज पनि सानो हुनेछ। यदि पुस्तकहरू नभएको भए हामी मर्ने थियौं । बिब्लियोथेरापिस्ट इला बार्थोड भन्छिन्, ‘यदि पुस्तकहरू नभएको भए, हामी आज जस्तो छौं, त्यस्तो मान्छे हुने थिएनौं । ’