बाँकेमा बस दुर्घटना : दुईको मृत्यु,२७ जना घाइते

काठमाडौँ ।  बाँकेमा बस दुर्घटना हुँदा दुईजना यात्रुको मृत्यु भएको छ। दुर्घटनामा दुईजना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी नेपालगञ्जको भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

दाङबाट नेपालगञ्ज जाँदै गरेको बस कोहलपुर-नेपालगञ्ज सडकखण्डको जानकी गाउँपालिका-६ कोठारपुरमा बिहीबार बिहान दुर्घटना भएको हो।