विरोध खतिवडा सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्यमा विजयी

काठमाण्डौँ - नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो सदस्यमा विरोध खतिवडा सर्वाधिक मतका साथ विजयी भएका छन् । बिहीबार सार्वजनिक नतिजाअनुसार उनले २०१ पाएर विजयी भएका हुन् । त्यसपछि जीवनराम श्रेष्ठले १९५ मत पाएका छन् भने तेस्रोमा रमा आलेले १९४ मत पाउँदा रामकुमारी झाँक्रीले १८२ मत पाएकी छन् । 

निर्वाचनबाट ८४ जना पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् । एकीकृत समाजवादीको विधानअनुसार पदाधिकारीसहित पोलिटब्युरोमा १०५ जना निर्वाचित हुन्छन् । निर्वाचनबाट भने ८४ जना निर्वाचित भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।