राष्ट्रपतिले गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण भएको छ ।

बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् ।