प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूचीहरु 

काठमाण्डौँ - प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हवाई क्षेत्रसँग सम्बन्धित जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
उक्त प्रस्तावमा सांसदहरू डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा चन्दा कार्की, गणेश पराजुली र विन्दवासिनी कांसकारले समर्थन गर्ने संसद सचिवालयले जनाएको छ ।