टि–२० विश्वकपको फाइनल आज , भारत र  दक्षिणअफ्रिका भिड्ने

काठमाडौँ - आइसिसी टि–२० विश्वकप २०२४ को फाइनल खेल आज साँझ हुनेछ। उपाधिका लागि भारत र  दक्षिणअफ्रिका भिड्ने छन् । 
गुयनामा शुक्रबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो ।
 
त्यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो । 
खेल बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ । सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई हराउँदै भारत तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो ।  दक्षिण अफ्रिकाले पहिलो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो । भारतीय टोलीले आफंना सबै सात खेल जितेको छ । भारत र दक्षिण अफ्रिकाबीच २६ टी–२० अन्तर्राष्ट्रिय खेल भएका थियो। जसमध्ये भारतले १४ वटा जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको थियो ।