६ अर्ब बचत रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका सीईओ भण्डारी पक्राउ  

काठमाडौँ । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  सुरेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई शुक्रबार राति ललितपुरबाटै पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

यो सहकारीले ६ अर्ब बचत रकम अपचलन गरेको आरोप छ। उक्त सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि २०८० फागुन २९ मै समस्याग्रस्त सहकारी घोषणा गरिसकेको छ।