भानु पुरस्कार डा. कँडेल र असिम पुरस्कार नेपाललाई दिईने

काठमाडौँ - यस वर्षको भानु पुरस्कार साहित्यकार प्रा. घनश्याम कँडेललाई प्रदान गरिने भएको छ ।

नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको बैठकले नेपाली भाषा र साहित्यको क्षेत्रमा उत्कृष्ट योगदान पुरुयाएका साहित्यकार प्रा. कँडेललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।