मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने माओवादीको निर्णय

काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज संसदबाट विश्वासको मत लिँदैछन् ।

उनले संसदबाट विश्वासको मत पाउने सम्भावना भने कम देखिन्छ । यसैबीच कोशी प्रदेश माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।