काठमाडौँको कलंकी क्षेत्रमा गुन्डागर्दी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । काठमाडौँको कलंकी क्षेत्रमा गुन्डागर्दीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय सुरज कार्की र अभिषेक सिंह पक्राउ परेका हुन्।

उनीहरूले स्थानीयलाई धम्क्याएर पैसा असुली गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले बताए।

पैसा नदिए उनीहरुले कुटपिट र लछारपसारसमेत गरेका थिए। पक्राउ परेकामध्ये सिंह बैंकिङ कसुर मुद्दामा पनि फरार रहेको खुलेको छ। उनीहरूबाट अरू पीडित भएमा उजुरी गर्न प्रहरीले आग्रह गरेको छ।