वीरगञ्जमा एक १५ बर्षीया किशोरीमाथि छुरा प्रहार 

वीरगञ्ज - वीरगञ्जमा एक १५ बर्षीया किशोरीमाथि छुरा प्रहार गरिएको छ । वीरगञ्ज राधेमाईस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका–१ की १५ वर्षीया किशोरी प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो ।

घरबेटी तिमल्सिनाको घरअगाडि अपरिचित मानिसले यादवमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । बालिका यादवले प्रतिकार गर्दै चिच्याउन थालेपछि छुरा प्रहार गर्ने अज्ञात व्यक्ति त्यहाँबाट भागेका थिए । छुरा प्रहार गर्ने मानिसलाई आफूले नचिनेको पीडित यादवले बताएकी छिन् ।