बिहे गरेको हप्ता दिन नहुँदै श्रीमतीसहित परिवारका ८ जनाको हत्यापछि आत्महत्या

काठमाडौँ । भारतको छिन्दवाडा जिल्लाको अन्तिम सीमामा पर्ने आदिवासी बाहुल्य क्षेत्र महुलझिर प्रहरी चौकीअन्तर्गत बोदलकछर गाउँमा एक आदिवासी परिवारका ८ जनाको सामूहिक हत्या भएको छ ।

परिवारका छोराले बन्चरो प्रहार गरी ८ सदस्यको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन् । ती युवकले आफ्नै आमा, बुवा, श्रीमतीलगायत परिवारका आठ जनालाई बन्चरो प्रहार गरि हत्या गरेका हुन् । यसपछि उनी आफू पनि झुन्डिएर प्राण त्याग गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटना राति २–३ बजे भएको बताइएको छ भने महुलझीर प्रहरी घटनास्थल पुगेको छ। प्रहरीले पुरै गाउँ सिल गरेको छ । विस्तृत जानकारी आउन बाँकी छ ।

प्रहरीका अनुसार आरोपितको यही मे २१ तारिखका दिन बिहे गरेका थिए । पहिले उनले श्रीमतीको हत्या गरेका थिए । त्यसपछि ५५ वर्षीया आमा, ३५ वर्षीय भाइ, ३० वर्षीया भाउजु, ५ वर्षीया भतिजी तथा ४ र डेढ वर्षका भतिजाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म हत्याको कारण भने खुल्न सकेको छैन । प्रहरीका अनुसार आरोपित व्यक्ति मानसिक रूपमा विचलित थिए ।