७१औँ सगरमाथा दिवस मनाइँदै

काठमाण्डौँ - आज २९ मे अर्थात् अन्तराष्ट्रिय  सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा आज सगरमाथा दिवस मनाइने गरिन्छ । 

नेपाल सरकारले सन् २००८ देखि २९ मेलाई अन्तर्राष्ट्रिय रूपमै यो दिवस मनाउन निर्णय गरेको थियो । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथा  नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ । 

सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ ।

कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ । पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरूले यो दिनलाई विशेष मान्छन् । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ ।