आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । मंगलबार (हिजो) प्रतितोला चार सय रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य मंगलबारको तुलनामा प्रतितोला १० रूपैयाँले बढी हो ।