ब्राउन सुगरसहित चारजना पक्राउ  

काठमाडौँ । लागुऔषध ब्राउनसुगरसहित झापाका विभिन्न स्थानबाट चारजना लाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको कन्काई नगरपालिका–४ का २३ वर्षीय सलिम आलम, शिवसताक्षी नगरपालिका–१० का २८ वर्षीय अजय बस्नेतसहित चारजनालाई बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले आलमको साथबाट ९७० मिलिग्राम बस्नेतको साथबाट ३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

उनीहरूसँगैका अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।