१५ वर्षीया बालिका बलात्कार आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका- ८ बस्ने १९ वर्षीय आयुष धिमाललाई प्रहरीले पक्राउ गरेको हो ।

धिमालले ती बालिकालाई मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।