हाम्रो पार्टीलाई सडकमा फाल्ने कोही माइकलाल धर्तीमा छैन : माधव नेपाल

काठमाडौँ ।  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई सडकमा फाल्न सक्ने कुनै माइकालाल नभएको जिकिर गरे ।

सोमबार दोस्रो केन्द्रिय परिषद् बैठकको समापन गर्दै अध्यक्ष नेपालले सडकमा पुर्याउने प्रयास भए पनि त्यो सफल नहुने दाबी गरे।  उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई अघि बढाइएको छ। त्यसलाई अघि बढाइन्छ।’

अध्यक्ष नेपालले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि हुँदै गएको बताए । विभिन्न देशमा चलेको कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने हामीले शिर निहुर्याउनुपर्ने अवस्था नरहेको नेपालले बताए।