चीनको एक रेष्टुरेन्टमा आगलागी : चार जनाको मृत्यु 

काठमाडौँ ।  चीनको एक रेष्टुरेन्टमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको राजधानी होहोट स्थित रेष्टुरेन्टमा सोमबार आगलागी हुँदा अन्य चार जना  घाइते भएको  स्थानीय अधिकारीले बताएका छन् ।

आगलागीबाट सजावट र फर्निचरका सामान डढेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नीय अग्नि उद्धार टोली घटनास्थलमा पुगी आगो नियन्त्रणमा लिएको थियो ।

घाइतेहरूको उपचार भइरहेको छ भने आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको छ ।