वीर अस्पतालका बिरामीलाई खाना दिने सेवा कटौती गर्ने निर्णय दुःखद : सांसद पन्त

काठमाडौँ  ।  कांग्रेस सांसद कमला पन्तले वीर अस्पतालमा बिरामीलाई खाना दिने सेवा कटौती गर्ने निर्णयमा तत्काल पुनर्विचार गर्न  सरकारसँग माग गरेकी छन् ।

सरकारले बहकावमा परेर त्यस्ता खालका दुःखद निर्णय गर्न नहुने उनको भनाइ छ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमवारको बैठकमा सांसद पन्तले वीर अस्पताल र टिचिङ अस्पतालमा नर्स अध्ययन गर्ने व्यवस्थामा सरकारले रोकेकोमा आक्रोश व्यक्त गर्दै त्यस्तो काम नगर्न पनि सुझाव दिइन्।

उनले ब्रिटिस आर्मीलाई बेलायतको नागरिकता लिन पाउने व्यवस्था खारेज गर्न पनि सरकारसँग माग

 

गरिन्। सांसद पन्तले नेपालमा जनसंख्या घट्दै गएकाले त्यसलाई व्यवस्थापन गर्न रोजगारी अभिवृद्धिको क्षेत्रमा सरकारले विशेष जोड दिनुपर्ने आवश्यक्ता औंल्याइन्।