सुनको भाउ सोमबार बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ? 

 काठमाण्डौँ - दुई दिनदेखि स्थिर रहेको सुनको भाउ सोमबार भने बढेको छ । आज छापावाल सुनको प्रतितोला तीन सय रूपैयाँले बढेको हो ।
आइतबार प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार प्रतितोला एक लाख १८ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजावी सुन एक लाख १७ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । 
आज चाँदीको मूल्य पनि प्रतितोला पाँच रूपैयाँले बढेको छ । आइतबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस दुई हजार २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।