अमेरिकामा घुम्रपातका कारण मर्नेको सङ्ख्या २१ पुग्यो, ४२ जना घाइते

काठमाण्डौँ - अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतबार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ । अरू ४२ जना भन्दा बढी घाइते भएको बताइएको छ । 

अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा करिब १० करोड मानिस परेका छन् । घुम्रपातका कारण यी तीन राज्यमा कयौँ भवनहरू क्षतिग्रस्त भएका छन् । ग्यास लाइन, र एक इन्धन स्टेसन पनि नष्ट भएको बताइएको छ । 

उद्धार टोली घटनास्थलमा पठाइएको छ । इलिनोइस, केन्टकी, मिसौरी र टेनेसी सहरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ झन्डै बेसबल आकारको असिना झरेको थियो ।