अब पेट्रोलियम पदार्थमा हरित कर लगाइने

 काठमाडौँ - सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइला पैठारीमा हरित कर लगाइएको उनले बताए ।