बझाङ प्रदेशसभा १ मा आज मतगणना

काठमाण्डौँ - बझाङ प्रदेशसभा १ मा शनिबार सम्पन्न मतदानको आज मतगणना शुरू हुने भएको छ । 
सबै ठाउँका मत पेटिका ल्याइसकेपछि आज दिउँसोदेखि मतगणना शुरू हुने जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाहले बताए । 

बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ जनाले मतदान गरेका छन् । 
बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए । उनका अनुसार जिल्लामा ६१ हजार ७४८ मतदाता छन् ।