इलाम-२ मा मतगणना बिहान ७ बजेबाट हुँदै

 काठमाण्डौँ - प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ ।
शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको हो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवकाअनुसार बिहान ७ बजे सर्वदलीय बैठक बस्नेछ ।

त्यसपछि मतगणना आरम्भ हुने उनले बताए ।