आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

काठमाण्डौँ - इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ ।

गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थाले ३ विकेटको क्षतिमा १९ ओभरमा १९९ रन बनाउँदै लखनउविरुद्ध ७ विकेटको जित निकालेको हो ।