म्याकुरीलाई कुटपिट गरेको आरोपमा सिन्धुपाल्चोकबाट शर्मिला वाइबा पक्राउ

काठमाडौँ । आफुलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा काठमाडौँ प्रहरीको अनुरोधमा उनलाई सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।

उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपम मुद्दा दर्ता भएको छ । केही दिनअघि शर्मिला, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी पवन बसेको घरमा गएर उनीमाथि गरेको आरोप छ ।

उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।