लेनोभोले ल्यायो पारदर्शी स्क्रिन भएको ल्यापटप

काठमाडौँ । लेनोभोले पारदर्शी स्क्रिन भएको ल्यापटप सार्वजनिक गरेको छ । स्पेनको बार्सिलोनामा भएको मोबाइल वर्ल्ड कंग्रेसमा थिंकबुक ट्रान्सपरेन्ट डिस्प्ले ल्यापटपमा १७.३ इञ्चको स्क्रिन रहेको ल्यापटप सार्वजनिक गरेको हो ।

यो स्क्रिनको वारपार सजिलै देख्न सकिन्छ । बेजेल–रहित डिस्प्लेमा पिक्सेल ब्ल्याक सेट गरी अफ गर्दा ५५ प्रतिशत पारदर्शिता रहेको छ । तर ल्यापटपमा पिक्सेल बढाउँदै जाँदा विस्तारै पारदर्शिता घट्दै जान्छ । अन्तमा एक हजार निट्सको पूर्ण अपारदर्शी सेतो डिस्प्ले बन्छ ।

यो ल्यापटप खासगरी डिजिटल आर्टिस्टहरूका लागि बढी प्रयोग हुने कम्पनीको भनाइ छ । स्केच बनाउने बेला उनीहरूले स्क्रिन पछाडिको कुरा देख्न सक्नेछन् ।

लेनोभो पारदर्शी डिस्प्ले प्रयोग गर्ने कम्पनीहरूमा नयाँ हो ।