नेप्से परिसूचकमा सामान्य गिरावट 

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज बुधवार नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर २ हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो।

३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर ४१ हजार ६७९ पटक खरिदबिक्री हुँदा २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने १७० कम्पनीको शेयर मूल्य घटेको छ। ७ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ। विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका शेयरधनीले ६.६६ प्रतिशतका दरले गुमाएका छन्। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार रुपैयाँ बराबरको २ लाख ७७ हजार २२० कित्ता शेयर किनबेच भएको छ।