‘साठीमा चट्ट रमाउला’ गीत सार्वजनिक {भिडियोसहित}

काठमाडौँ - लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुति रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको गीतमा अमृत भारतीको शब्द र राम कुमार नेपालीको सङ्गीत छ ।
दीपेन्द्र कुमारको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुन मगर, अभिलाषा कार्की, सागर घिमिरे र दीपक पराजुलीको अभिनय देख्न सकिन्छ ।