जबरजस्ती करणी गरेको अभियोगमा २७ वर्षीय प्रकाश पक्राउ

काठमार्डौँ । ४६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रह्रीले एक जनालाई पक्राउ  गरेको छ ।

शुक्लागण्डकी नगरपालिका- १० खोरादी बस्ने २७ वर्षीय प्रकाश विकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भिमाद र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।