एशियन लाइफद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाण्डौँ - एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ ।  
कम्पनीको माघ १२ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको  १८८ औं बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफाबाट  ७.७५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३ अर्ब १५ करोड रहेको छ । कम्पनीले चुक्तापूँजीको ७.७५ प्रतिशतले हुन आउने २४ करोड ४५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख बराबर नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  लाभांश प्रस्तावसहित आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान हिसाब तथा वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गरिने बताइएको छ । 
प्राधिकरणबाट प्रस्तावित लाभांश स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।