यौन दुर्व्यवहार गरेको आरोपमा ट्रम्प दोषि ठहर, करोडौं जरिवाना तिर्न अदालतको आदेश  

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन दुर्व्यवहार गरेको आरोपमा ट्रम्प दोषि ठहर भएका छन् ।  न्यूयोर्कको अदालतले पूर्व राष्ट्रपति एवं सन् २०२४ का राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई लेखक इ जिन क्यारोललाई यौन दुर्व्यवहार गरेको आरोपमा दोषि ठहर भएका ट्रम्पले  क्षतिपूर्ति बापत आठ करोड ३३ लाखअमेरिकी डलर तिर्न आदेश दिएको छ ।

यस्तै अदालतले ट्रम्पले क्यारोलको बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको भन्दैक्षतिपूर्तिस्वरूप ७३ लाख अमेरिकी डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख अमेरिकी डलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा छ करोड ५० लाख अमेरिकी डलर जरिवाना पनि तोकेको छ।

न्यूयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुव्र्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रूथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाई र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशहरूको बाढी ल्याएका थिए ।