माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा संबोधन गर्ने  

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज संसद्‌मा सम्बोधन गर्ने भएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेताका रूपमा सम्बोधन गर्ने संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

उनले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने माओवादीले जनाएको छ। प्रचण्डले सार्वजनिक कार्यक्रमहरूमा दुई ठूला दलको गठबन्धन सरकारलाई भ्रष्टहरूको सरकार भनी आलोचना गरिरहेका छन्।