समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत

भाद्र ११, काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । आफू सर्वसम्मत भइसकेको जानकारी दिंदै पाण्डेले भने, ‘निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ ।’

उनी यसअघि पार्टी उपाध्यक्ष थिए । पाण्डे प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका संसदीय दलको उपनेता समेत हुन् । समाजवादीको पहिलो पूर्ण बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य छान्न चुनाव भइरहेको हो । १८ सदस्य पदाधिकारीका लागि ६७ जनाभन्दा बढीको उम्मेदवारी परेको छ ।