माओवादी अध्यक्ष दाहालले आज संसदमा सम्बोधन गर्ने

काठमाण्डौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । उनले प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन भएर नयाँ सरकार गठन गरेसँगै प्रचण्डले सरकारलाई निशाना साँधिरहेका छन् । उनले सुशासन मन नपराउनेहरूले मिलेर नयाँ सरकार बनाएको र यसले भ्रष्टाचारलाई बढावा दिइरहेको बताउँदै आएका छन् ।

आज दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक बोलाइएको छ । उक्त बैठकमा प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा आफ्नो धारणा राख्ने तयारी गरेका हुन् ।