रास्वपाले मुकुल ढकाललाई साधारण सदस्यबाट समेत गर्यो निस्कासन

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले निलम्बित महामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निकालेको छ ।
मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले ढकाललाई पार्टीबाट हटाउने निर्णय गरेको हो ।

ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप थियो । रास्वपाले साधारण सदस्यबाट किन नहटाउने ? भन्दै दुईपटक ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकाललाई २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।