अर्थ मन्त्रालयद्धारा आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

 काठमाडौँ - अर्थ मन्त्रालयले काठमाडौंमा आन्दोलनरत ‘लघुवित्त पीडित समिति’सँग वार्ता गर्न समिति गठन गरेको छ ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरेको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए ।

अर्थ मन्त्रीस्तरको निर्णयबाट गठन भएको वार्ता समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल राष्ट्र बैंकका प्रतिनिधि पनि सदस्य रहनेछन् । सो समितिलाई लघुवित्त पीडित समितिसँग वार्ता तथा छलफल गरी समाधानको सिफारिस गर्ने कार्यादेश दिइएको प्रवक्ता शर्माले जानकारी दिए ।