मरियम नवाज सरिफ बनिन् पाकिस्तानको पहिलो महिला मुख्यमन्त्री 

एजेन्सी । मरियम नवाज शरीफ पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्री निर्वाचित  भएकी छन् । सोमबार प्रान्तीय विधानसभाका सभामुख मलिक मुहम्मद अहमदले उनी मुख्यमन्त्री बनेको घोषणा गरेका हुन्।

पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्री निर्वाचित भएकी हुन्। उनी किस्तान मुस्लिम लिग नवाज पार्टीकी वरिष्ठ उपाध्यक्ष थिइन् ।

५० वर्षीया मरियम सन् १९४७ मा स्वतन्त्रतापछि पाकिस्तानको कुनै पनि प्रान्तको पहिलो महिला मुख्यमन्त्री भएकी हुन्।मरियम पाकिस्तानको राष्ट्रिय सभा वा संसदको तल्लो सदन र प्रान्तीय सभाको फेब्रुअरी ८ मा भएको आम निर्वाचनपछि मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन्।

निर्वाचित भएपछि मरियमले विधानसभाको बैठकमा सम्बोधन गर्दै विकास आयोजना बढाउन, स्वास्थ्य र कृषि सुधार ल्याउने र एकद्वार नीति बनाएर व्यवसाय गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गरे।